भोलि र पर्सि सार्वजनिक विदा दिने सरकारको निर्णय

भोलि र पर्सि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले भोलि र पर्सि सार्वजनिक विदा दिने निर्णय गरेको छ । देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ ।

साथै, देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ । विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा बस्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : शनिबार, असोज १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij