पाल्पामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक

पाल्पामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक

काठमाडौं – पाल्पा जिल्लामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक  लगाइएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरले जानकारी दिइन् ।

उनका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जानसक्ने जोखिम बढेकाले असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको छ ।

साथै असोज १८ गतेदेखि २० गतेसम्म लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गर्ने र उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : शनिबार, असोज १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij