काठमाण्डौमा भाेलि र्‍याली, सभा र प्रदर्शन गर्न रोक

काठमाण्डौमा भाेलि र्‍याली, सभा र प्रदर्शन गर्न रोक

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भोलिका सबै र्‍याली, सभा र प्रदर्शनलाई स्वीकृति नदिने निर्णय गरेको छ ।

र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षा प्रत्याभूति गराउने कार्यमा थप जटिलता थपिने भएकाले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृति प्रदान नगर्ने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । यस्तै प्रशासन कार्यालयले पूर्वस्वीकृतिविना कुनै कार्यक्रमहरू नगर्न पनि आग्रह गरेको छ ।

नेकपा एमाले निकट युवा सङ्घले भोलि काठमाण्डौमा मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियाे ।

 

 

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij