जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

Print

काठमाण्डौ – गएको भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका गाडीका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने भएको छ ।

आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका गाडीका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्त्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’ मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेशनमा त्यो नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिश पत्र सेवाग्राहीले प्राप्त गर्छन् ।

साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिश पत्रका आधारमा अहिलेलाई गाडी सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, असोज २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij