बुटवल उपमहानगरपालिका–१२ तामनगरमा सरस्वती आमा समूहले नव–निर्मित भवनको एक विशेष समारोहबीच उद्घाटन गरेको छ।
भवनको उद्घाटन वडा अध्यक्ष डीडी प्रसाद शर्माले गर्नुभयो। उद्घाटनपछि उहाँले आमा समूहको सक्रियता र सामाजिक योगदानप्रति प्रशंसा गर्दै भन्नुभयो — “समाजमा आमा समूहजस्ता सशक्त र क्रियाशील समूहहरूले सकारात्मक परिवर्तन ल्याइरहेका छन्, यिनको भूमिका अनुकरणीय छ।”
त्यस्तै, बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले पनि सरस्वती आमा समूहले समुदायमा गर्दै आएको कार्यलाई उदाहरणीय बताउनुभयो। उहाँका अनुसार समूहले विभिन्न सामाजिक र आर्थिक गतिविधि मार्फत महिलाको सशक्तीकरणमा उल्लेखनीय योगदान दिएको छ।
सात लाख पच्चीस हजारको लागतमा निर्माण सम्पन्न भवनमा बुटवल उपमहानगरपालिकाको चार लाख, वडा कार्यालयको दुई लाख पचास हजार, र संस्थाको आफ्नै ७५ हजार रुपैयाँको लगानी रहेको सरस्वती आमा समूहकी अध्यक्ष मीना थापा जिसीले जानकारी दिनुभयो।
कार्यक्रममा उपाध्यक्ष गणेश कुमारी ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने सचिव अमृता खनालले कार्यक्रम संचालन गर्नुभएको थियो।
भवनको निर्माणले अब समूहका गतिविधि अझ सुसंगठित र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।
प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्