प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै

प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न देशका कूटनीतिज्ञ (राजदूत)सँग छलफल गर्दैछिन्।

 

 

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरुलाई बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्नेछ। बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ।

प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन्। मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ। उनले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सकिरहेकी छैनन्।

यसअघि निर्वाचन आयोगले भने राजनीतिक दलहरुसहित छलफल गरेको थियो। तर, सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति : शुक्रबार, असोज ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij