कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद

कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद

कपिलवस्तु , कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको सो मल फेला पारेको हो ।

भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको अवस्थामा युरिया मल फेला परेको थियो ।

उहाँले बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा ल्याइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij