JanataToday.com

Advertisment

SKIP THIS

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

npl

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे  विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij