JanataToday.com

Advertisment

SKIP THIS

एनपीएलमा सुदूरपश्चिमको विजयी शुरुआत, काठमाण्डु २९ रनले पराजित

एनपीएलमा सुदूरपश्चिमको विजयी शुरुआत, काठमाण्डु २९ रनले पराजित

काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी शुरुआत गरेको छ । सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २ विकेट तथा नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो । सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए ।

एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij