सजिलो बचत तथा ऋण सहकारीको १७औं वार्षिक साधारणसभा सम्पन्न

सजिलो बचत तथा ऋण सहकारीको १७औं वार्षिक साधारणसभा सम्पन्न

 

बुटवल -सजिलो बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिकानगर बाट सेवा प्रवाह गरिरहेको सहकारीले वार्षिक प्रतिवेदन, वित्तीय अवस्था तथा आगामी योजनाबारे साधारणसभामार्फत आफ्ना सदस्यहरूलाई विस्तृत जानकारी गराएको हो। कार्यक्रममा बोल्दै वडा ९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठले सहकारीहरू आर्थिक सुदृढीकरण र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। साधारणसभामा सहकारीका अध्यक्ष रामराज पोख्रेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी निरन्तर रूपमा जोखिममुक्त र सदस्यमुखी ढङ्गले अघि बढिरहेको बताए। उहाँले आफूले बचत गरेको सहकारी कुन ढङ्गले अगाडि बढिरहेको छ भनेर बचतकर्ताहरूले बेलाबेलामा सहकारीको अवस्थाबारे जानकारी लिनुपर्ने बताउनुभयो
हाल बुटवलमै सीमित सहकारीको कार्यक्षेत्रलाई आगामी दिनमा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
कार्यक्रममा संस्थाका सचिव गुणनिधि खनालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष भिमलाल गौतम तथा उच्च अदालत बार बुटवलका अध्यक्ष गोबिन्द मरासिनीलगायतले सहकारीको १७ वर्षको प्रगति, अनुशासित व्यवस्थापन र आर्थिक पारदर्शिता रहेको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो।

साधारणसभाको अवसरमा १२ कक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरू तथा उच्च शिक्षा उत्तीर्ण गरेका शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। यस्तै सहकारीमा शेयर सदस्य भएका ७० वर्षमाथिका जेष्ठ नागरिकलाई पनि खादा ओडाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो। सहकारीमा हाल ७ सय ६६ जना शेयर सदस्य छन्। साधारणसभामा सार्वजनिक प्रतिवेदन अनुसार कुल पुँजी ११ करोड ६९ लाख ८८ हजार ८०५ रुपैयाँ पुगेको छ। यसैगरी कर्जा लगानी ८ करोड ७२ लाख ३६ हजार ५१७ रुपैयाँ तथा शेयर पुँजी १ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको छ ।साधारण सभाको अवसरमा सहकारीले दन्त शिविरको पनि आयोजना गरेको थियो।

प्रकाशित मिति : शनिबार, मंसिर १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij