आज मोक्षदा एकादशी तथा गीता जयन्ती

आज मोक्षदा एकादशी तथा गीता जयन्ती

काठमाडौँ , मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन। सोमबार सनातन धर्मावलम्बीले गीताजयन्ती मनाउँदै छन्।

महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए। हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए। यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ। गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ।

गीताजयन्तीका अवसरमा विश्व हिन्दु महासंघलगायत धार्मिक संघसंस्थाले कार्यक्रम गर्दैछन्। गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी मनाइँदै छ । गीतापाठ र यसको महिमाबारे चर्चा लगायत कार्यक्रम गर्ने गरिन्छ।

 

प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij