तिलोत्तमा -तिलोत्तमा नगरपालिका र रोटरी क्लब अफ रूपन्देहीको संयुक्त आयोजनामा बटौली नाट्य कला मञ्चले ३८ औँ विश्व एड्स दिवसको अवसरमा “सचेत रहौं” शीर्षकको सडक नाटक मणिग्राम चोकमा प्रदर्शन गरेको छ। एचआईभी–एड्सबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको नाटकले जोखिम, बच्ने उपाय तथा सामाजिक दायित्वबारे सशक्त संदेश दिएको छ।
कार्यक्रम तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता एवम रोटरी क्लब अफ रूपन्देहीका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले समुदायमै आधारित जनचेतना अभियानले एड्स रोकथाममा महत्वपूर्ण भूमिका खेलेको बताउँनु भयो ।
“एचआईभीरएड्स संक्रमितलाई हेर्ने समाजको दृष्टिकोण बदलिनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताउदै उहाले उनीहरूलाई सहयोग, सान्त्वना र सम्मान दिने संस्कार समाजमै बसाल्न हामी सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो साथै नगर प्रमुख खाँण ले युवामाझ सचेतना फैलाउन सडक नाटकजस्ता प्रत्यक्ष प्रस्तुति अत्यन्त प्रभावकारी हुने उल्लेख गर्नु भयो ।
उक्त अवसरमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले एड्स अझै पनि सामाजिक तथा स्वास्थ्य चुनौती बनेको भन्दै भने,
“नियमित परामर्श, परीक्षण र सुरक्षित व्यवहार नै एड्स रोकथामको मुख्य आधार भएको बताउनुभयो ।
सो समारोहमा दुर्गा बहादुर पोखरेल, रामप्रसाद पौडेल, रामप्रसाद ढकाल, वडा नं। ८ की स्वास्थ्य चौकी प्रमुख कृष्णकुमारी पाण्ड्यलगायतले एचआईभीरएड्ससम्बन्धी जानकारीमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो।
सडक नाटकमा कलाकारहरू कमला गैरे, धर्म भण्डारी, मिनु कार्की, कृष्ण खनाल, सविता कुमाल, बीरबल शर्मा, तारा वलीलगायतले प्रभावशाली अभिनय प्रस्तुत गरेका थिए। नाटकको लेखन तथा निर्देशन बाबुराम घिमिरेले गरेका थिए।
कार्यक्रममा रोटरी क्लब अफ रूपन्देहीका अध्यक्ष कृष्णप्रसाद गौतमले यो प्रस्तुति समाजलाई सही सन्देश दिन सफल भएको बताउदै जोखिमबाट जोगिन चेतना नै सबैभन्दा ठूलो शक्ति भएकोमा जोड दिनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखाका सम्पूर्ण इन्चार्ज तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्