नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला शाखा रुपन्देहीकाे कार्यालय उद्घाटन गरिएकाे छ । शनिबार एक कार्यक्रमका बिच बुटवलकाे मिलनचाेक स्थित मनकामना पथमा संस्थाकाे कारयालय उद्घाटन गरिएकाे हाे ।
संस्थाका अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार डा. राेहितराज क्षेत्री, केन्द्रीय सदस्य मधुसुदन गैरे, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख तथा संस्थाकी सदस्य उमा थापा, बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष तथा संस्थाका सदस्य हरिप्रसाद अर्याल, नेपाल इञ्जिनियरिङ एशाेसियसन लुम्बिनीका संस्थापक अध्यक्ष तथा संस्थाका सदस्य कुसुम ज्ञवाली लगायतले संस्थाकाे व्यानर अनावरण गरेर कार्यालयकाे उद्घाटन गरिएकाे सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयाे ।
उहाँका अनुसार कार्यालय उद्घाटनसँगै आउँदो मंसिर २९ गते हुन लागेको संस्थाकाे साधारण सभा तथा अधिवेशनमा प्रस्तुत हुने एजेन्डाबारे विस्तृत छलफल गरिएको छ ।
छलफलमा क्यान्सर रोग घर–घरमा फैलिएको वर्तमान अवस्थालाई ध्यानमा राख्दै संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउने, दीर्घकालीन योजना निर्माण गर्ने तथा संस्थागत सदस्यता विस्तार गर्ने विषयमा सुझाव राखिएको थियो ।
काेषाध्यक्ष पाठकका अनुसार हाल संस्थामा २७५ जना आजीवन सदस्य छन्, जसमध्ये २४ जनाको देहावसान भइसकेको छ । नेपाल अर्बुद रोग निवारण संस्था २०३९ सालमा काठमाडौंमा स्थापना भएको हो भने रुपन्देही शाखा २०५३ सालमा पूर्वसांसद स्व. सूर्यप्रसाद प्रधानको नेतृत्वमा स्थापना गरिएको थियाे ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्