काठमाडौँ — सहकारी संघसंस्थालाई व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारी विभागले निर्देशन जारी गरेको छ । संस्थाको कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने प्रवृत्ति बढेको आधारमा विभागले उक्त निर्देशन जारी गरेको हो ।
यद्यपि विभागले आयकर ऐन २०५८ र सम्पत्ति शुद्धीकरणसम्बन्धी यसअघिको निर्देशनका आधारमा निर्देशन जारी गरिएको जनाएको छ ।
निर्देशनमा सहकारीको कुनै सदस्यले व्यावसायिक कारोबारबापत प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएमा त्यस्तो कारोबार वित्तीय जानकारी इकाइमा पठाउन पनि विभागले भनेको छ ।
मुख्यगरी सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डिरिङ० निवारण नियमावली र आयकर ऐनमा भएको व्यवस्था कार्यान्वयनका लागि सहकारी संघसंस्थालाई व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले बताए । ‘उजुरी र गुनासोका आधारमा भन्दा पनि अहिले मुख्य गरी ऐन र नियमावलीको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरिएको हो,’ उनले भने ।आयकर ऐन, २०५८ को दफा ८१ क मा व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था छ । ऐनमा कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेको छ । तर सहकारी संस्थाले ऐनको व्यवस्था पालना नगरेको पाइएपछि विभागले नयाँ निर्देशन जारी गरेको हो ।
यस्तै, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण नियमावली, २०८१ को नियम १० मा व्यावसायिक कारोबार तथा खातासम्बन्धी व्यवस्था छ । कानुनी व्यक्ति वा कानुनी प्रबन्ध व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धको खाताबाहेक कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गर्न नपाइने व्यवस्था छ । प्रचलित कानुन बमोजिमबाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाई र आन्तरिक राजस्व विभागलाई दिनुपर्ने व्यवस्था निर्देशनमा छ । सोही निर्देशनका आधारमा विभागले उक्त निर्देशन जारी गरेको हो ।
‘आयकर ऐन, २०५८ को दफा ८१क मा व्यावसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था छ । जसमा कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ निर्देशनमा उल्लेख छ ।
यस्तै, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ ले सहकारी संस्थाहरुलाई पनि वित्तीय संस्थाको रुपमा परिभाषित गरे अनुरुप सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१ क। को व्यवस्थाबमोजिम व्यावसायिक कारोवार व्यक्तिगत खाताबाट नगर्नुरनगराउनु भन्ने छ । यदि सदस्यले त्यस्तो कारोबार गरेको पाइएमा वित्तीय जानकारी इकाइमा प्रतिवेदन गर्नुपर्ने विभागको निर्देशन छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्