बर्दियामा नागरिकता नपाएर युवतीले आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन

बर्दियामा नागरिकता नपाएर युवतीले आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन

काठमाण्डाै – गृह मन्त्रालयले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको घटना छानबिनका लागि समिति गठन गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सचिवस्तरीय निर्णय अनुसार समिति गठन गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । समितिमा गृह मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र अर्का एक जना सदस्य रहने छन् ।

समितिलाई घटनाको निष्पक्ष र सत्य/तथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ । यसअघि प्रधानमन्त्री कार्कीले घटना छानबिनका लागि गृहमन्त्री अर्याललाई निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij