काठमाडौं , आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वभर मनाउने गरिन्छ । मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धनको पहलमा सन् २०१९ देखि यो दिवस मनाइँदै आएको छ ।
यस बर्षको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा मर्यादित महिनावारी जन्मसिद्ध गरिमा, समानता र अविच्छिन्न अधिकारहरू पुनः प्राप्त गरौँ भन्ने रहेको छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस दिवसको यो सातौं संस्करण हो ।
महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा जम्मा भएका तन्तुहरू र रगत बाहिर फालिने यो विशुद्ध प्राकृतिक र महत्वपूर्ण प्रक्रिया हो । प्राकृतिक, स्वाभाविक र महत्वपूर्ण प्रक्रिया भए पनि महिनावारीका बारेमा विश्वका विभिन्न भागमा त्यहाँका संस्कृति र सामाजिक मान्यताअनुसार यसबारेमा विभिन्न धारणा रहेको पाइन्छ ।
केही संस्कृतिमा महिनावारीलाई सम्मानका दृष्टिले हेरिने भए पनि विश्वका अधिकांश भागमा महिनावारी र महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको पाइन्छ । यसैका आधारमा महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ । नेपालमा पनि यस्तो अन्धविश्वास रहेको पाइन्छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्