बुटवल-‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित पब्लिक भ्वाइस नेपाल लुम्बिनीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा डिजिटल हिंसा, कानुनी व्यवस्था, बदलिँदो सामाजिक–राजनीतिक हिंसा र विभेदबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेलबासेले लैङ्गिक हिंसा दण्डनीय अपराध भएकाले समाजले कुनै पनि हिंसा सहन नहुने बताइन्। उनले कानुन कार्यान्वयन कमजोर भएकाले नागरिक स्तरमै चेतना बढाउनुपर्ने आवश्यकता औँल्याइन्।
उनका अनुसार प्रदेश सरकारले लैङ्गिक उत्तरदायी बजेट, सामाजिक समावेशी शासन र जनचेतनालाई प्राथमिकतामा राखे पनि प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको छ।
संस्थाकी अध्यक्ष राधा बस्नेतले डिजिटल माध्यमबाट हुने धम्की, बदनाम, ब्ल्याकमेलजस्ता घटनामा तीव्र वृद्धि भएको बताउँदै पुरुष सहकार्यबिना लैङ्गिक हिंसा अन्त्य असम्भव रहेको धारणा राखिन्।
कार्यक्रममा सिद्धार्थनगर उपप्रमुख उमा अधिकारीले सीमावर्ती क्षेत्र भएकाले मानव बेचबिखन, ओसारपसार, आर्थिक शोषणजस्ता जोखिम बढी हुने भन्दै स्थानीय तहले सुरक्षा संयोजन र पीडितमैत्री सेवालाई प्राथमिकतामा राखिरहेको बताइन्।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका संस्थापक सदस्य दिपा बिक, नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाही, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मन्जु भुसाल, लोकदोहोरी गीत प्रतिष्ठान लुम्बिनीकी अध्यक्ष रितु क्षेत्री, नेपाल कम्युनिष्ट पार्टीका नेता टीका वली ,सामाजिक अभियन्ता रिता सेन लगायतले महिलामाथि जारी संरचनागत, मानसिक र डिजिटल हिंसाबारे अनुभव सुनाउँदै संस्थागत सुधार, सुरक्षित वातावरण र समान अवसरको आवश्यकता औँल्याए।
कानुनकी विद्यार्थी ज्योति मगरले फेक अकाउन्ट, अनधिकृत फोटो–भिडियो दुरुपयोग, ट्रोलिङ र ब्ल्याकमेलका घटनाले युवालाई बढी प्रभावित पारेको भन्दै डिजिटल साक्षरता र द्रुत कानुनी कारबाहीको आवश्यकता बताइन्।कार्यक्रम संस्थाका सदस्य मनु गुरुङ को स्वागत एवं महासचिव अम्बिका परियार को सन्चालनमा सम्पन्न भएको हो।
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्