नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन काठमाडौँको भृकुटीमण्डपमा सहभागीहरु । तस्बिर चन्द्रकला क्षेत्री/रासस

काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अबको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि गएराति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको अवस्थामा मतदानको तयारी भइरहेको छ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । कुल ३ सय १ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३ सय ५१ पदका लागि मतदान हुन लागेको हो ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ । दिउँसो एक बजेदेखि मतदान शुरु हुने भनिए पनि झन्डै तीन घण्टा ढिला चार बजेपछि मात्रै हुने भएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम राख्ने काम भइरहेको छ । तर धेरै उम्मेदवार भएको कारण केही समय लाग्ने भएकाले मतदानको समय केही ढिला हुने सम्भावना छ ।

कुल दुई हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । नयाँ नेतृत्व चयनका लागि मतदान अघि उम्मेदवार र तिनका समर्थकहरु मत माग्न जुटेका छन् । मतदान स्थल भृकुटीमण्डप काठमाण्डौमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको चहलपहल छ ।

प्रकाशित मिति : मंगलबार, पुष १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij