कृति परिचर्चा, बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

कृति परिचर्चा, बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल, नेपाली विभाग, बुटवल बहुमुखी क्याम्पसले एक समारोहका साथमा प्रा।डा। हिरण्यलाल ज्ञवालीका कृतिको परिचर्चा, सेवानिवृत्त प्राध्यापकहरूलाई बिदाइ र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा कवि ज्ञवालीका अनुभूतिमा अमेरिका २०८१, एटलान्टिकका भँगालामा डुबुल्की मार्दा २०८२ र मातृपितृ वन्दना २०८२ को परिचर्चा गरिएको हो ।
कवि ज्ञवालीको जन्म वि.स. २०१६ माघ १० गते रूरूक्षेत्र गाउँपालिका ३, गुल्मी, थोर्गा वसन्त पोखरीमा भएको थियो । उहाँ हाल बुटवल उपमहानगरपालिका .४, रुपन्देहीमा बसोबास गर्दै आएका छन् । उहांका प्रकाशित पुस्तकाकार कृतिहरू बिसौनी ९कविता सङ्ग्रह० ९२०५४०, शैक्षिक तथा सिर्जनात्मक लेखन २०६६, लेखन तथा अभिव्यक्तिकला २०६६, परिचय कथासङ्ग्रह २०६९, कर्मयोगी केशवलाल कसजू २०७०, अजम्बरध्वज खातीको काव्यिक व्यक्तित्व २०७३, अनुभूतिमा अमेरिका २०८१, एटलान्टिकका भँगालामा डुबुल्की मार्दा २०८२ , मातृपितृ वन्दना २०८२ लगायत रहेका छन् ।

कृतिको सह प्रा. ऋषिराम भुसाल ,डा. शालिकराम पौड्याल, डा। नारायणप्रसाद पन्थ, उप प्रा। गणेशप्रसाद न्यौपाने ,उपप्रा। ईश्वरीप्रसाद पोखरेल, उपप्रा. राजु भुसालले गर्नुभएको थियो। सो अवसरमा
सहप्रा। डा. थानेश्वर अर्याल बाबुराम शर्मा, कुलमणि शर्मालाई बिदाई तथा सम्मान गरिएको थियो।

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। अरुणकुमार क्षत्री ,कवि डा. हिरण्यलाल ज्ञवाली ,
डा. थानेश्वर अर्याल,उपप्रा. हरिप्रसाद देवकोटा ,डा. तिलक भुसालले मन्तव्य राख्नु भएको थियो। सहप्राध्यापक डा। सखिशरण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स् डा। प्रेमप्रसाद तिवारीले गर्नु भएको थियो।
सो कार्यक्रममा विभागीय सदस्य तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : सोमबार, पुष ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij