समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन् । विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको चुनावका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर यही पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, पुष ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij