चुनावमा जान मुख्य तीन दलका शीर्ष नेताको प्रतिबद्धता

चुनावमा जान मुख्य तीन दलका शीर्ष नेताको प्रतिबद्धता

काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

दलहरुले चुनावमा जान प्रतिबद्धा जनाएका र प्रधानमन्त्रीबाट सुरक्षाको ग्यारेन्टि गर्ने प्रतिबद्धता आएकाले अब चुनाव हुने, नहुने भन्ने अन्योल बाँकी नरहेको उहाँको भनाइ छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुुहन्थ्यो । उहाँहरु तीनैजना नवयुवा आन्दोलनपछि पहिलोपटक बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा पुग्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका ठूला दलका शीर्ष नेताहरूलाई जसरी पनि चुनाव सफल पार्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

शीर्ष तहमा लामो समयदेखि कायम संवादहीनतालाई अन्त्य गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गएको मङ्गलवार प्रधानमन्त्री सुशीला कार्की र तीन शीर्ष राजनीतिक नेताहरूसँगको छलफल आयोजना गरेसँगै यस किसिमको छलफलले तीव्रता पाएको हो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij