रुपन्देही–३ मा एमालेबाट पौडेलसहित ११ जना सिफारिस

रुपन्देही–३ मा एमालेबाट पौडेलसहित ११ जना सिफारिस

भैरहवा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले ले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित ११ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३, रुपन्देहीको आइतबार भैरहवामा सम्पन्न बैठकले ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव कृष्ण नेपालले बताउनुभयो ।

सचिव नेपालका अनुसार बैठकले पौडेलसहित राजेन्द्र प्रसाद पन्थी, बासुदेव घिमिरे, हरि प्रसाद अधिकारी, विश्वराज बराल अनुप  हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले, लक्ष्मी के।सी। र नर बहादुर घर्तीको नाम सिफारिस भएको छ ।

२०७९ सालको निर्वाचनमा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ सालमा यहाँबाट नेकपा एमाले का उम्मेदवार घनश्याम भुसाल निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij