काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ९० रुपैयाँ थियो ।
प्रकाशित मिति : मंगलबार, पुष २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्