रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं , प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको मनोनयन खारेज भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको मौखिक जानकारी निर्वाचन आयोगलाई दिएको स्रोतले जनाएको छ । चौधरी २०७२ सालमा भएको कैलाली टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्।

उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए । जेलमै रहँदा अघिल्लो पटक उनले प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । शपथ लिए पनि उनी सांसद बहाल रहन सकेका थिएनन्।

यसपटक उम्मेदवारी दिएकामध्ये देशभर पाँच जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । तीमध्ये चार ठाउँमै दाबी नपुगेको निर्वाचन आयोगले जनाएको छ।

रौतहट १ मा बुधबारै दाबी नपुगेको भन्दै माधव नेपालविरुद्ध परेको उजुरी दरपिठ भएको थियो भने भक्तपुर २ मा दुई जनाले र सुनसरी २ मा एक जना उम्मेदवारबिरुद्ध उजुरी दिए पनि दाबी नपुगे पछि कुनै कारबाही नभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij