काठमाण्डाै – आज भएको राष्ट्रियसभा सदस्य चुनावमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । सातै प्रदेशमा गरि ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोशीमा ३ सय ४५ जना, मधेशमा ३ सय ४१ जना, बाग्मतीमा ३ सय १८ जना, गण्डकीमा २ सय २३ जना, लुम्बिनीमा २ सय ८६ जना, कर्णालीमा १ सय १९ जना र सुदूरपश्चिममा २ सय २० जनाले मतदान गरेका हुन् ।
राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । आज विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित जनप्रतिनिधिहरू मतदानमा सहभागी भएनन् ।
सबै प्रदेशमा आजै मतगणना हुने आयोगले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्