मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

“स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,” उनले भने, “स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।”

उनले स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाका दाबीमा हुने अस्वीकृत दर घटाउनका लागि सम्बन्धित स्वास्थ्य संस्थाले पुनरावलोकन समिति बनाउन आवश्यक रहेको बताए ।

बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका स्वास्थ्य बीमा गरे बापतको दाबीको भुक्तानी नगर्ने सूचना अधिकारी मल्लले बताए । उनका अनुसार स्वास्थ्य बीमा बोर्डमा एक दिनमा १० करोड बराबरको रुपैयाँ स्वास्थ्य संस्थाहरूले भुक्तानीका लागि दाबी पेस गर्ने गरेका छन् । अहिलेसम्म करिब रु १२ अर्ब स्वास्थ्य बीमाबापत ती स्वास्थ्य संस्थालाई बोर्डले भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : सोमबार, माघ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij