चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति निकाल्दै शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सरकारलाई आग्रह गर्नुभएको हो ।

 

‘आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरू दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोप–प्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र चुनावको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने आयोगको ठम्याइ छ । संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरूले पनि अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए पनि अरूको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई स्वतन्त्रताको विषय मान्न नसकिने आयोगको भनाइ छ ।

 

प्रकाशित मिति : मंगलबार, माघ १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij