बुटवल–नारायणगढ सडकमा ६१ पुल निर्माण सम्पन्न

बुटवल–नारायणगढ सडकमा ६१ पुल निर्माण सम्पन्न

परासी , विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो।

निर्माण सकिएकामध्ये ३३ वटा पुलमा यातायात सञ्चालनमा आएको छ। अरुणखोलामा निर्माण भएको पुल फागुन २१ को निर्वाचन अगाडि नै सञ्चालनमा ल्याउने तयारी छ। पूर्वी खण्डतर्फ निमार्ण गर्नुपर्ने २ सय ११ वटा कल्भर्टको काम पनि सम्पन्न भएको छ।

सडक विस्तार अर्न्तगत पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ९ वटा ठूला पुलको काम सकिएको छ। १९ साना पुलमध्ये १८ वटाको काम सम्पन्न भएको र बर्दघाटको त्रिवेणी चोकमा निमार्णाधीन पुलको केही मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ। पुल र कल्भर्ट निर्माण भएपछि यातायात सहज भएको छ।

२०७५ माघमा काम सुर भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माणको जिम्मा लिए पनि चौथो पटक थपिएको छ। थप भएको म्याद आगामी साउनमा सकिँदै छ। एसियाली विकास बैंकको ऋण सहयोगमा १ सय १३ किलोमिटर करिब १७ अर्बको लागतमा विस्तार भइरहेको हो।

प्रकाशित मिति : बुधबार, माघ १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij