सरकार नागरिकको हातमै पुर्याउन डिजिटल गभर्नेन्स अनिवार्य छ : गगन थापा

सरकार नागरिकको हातमै पुर्याउन डिजिटल गभर्नेन्स अनिवार्य छ : गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले डिजिटल गभर्नेन्सका बारेमा आफ्नो धारणा सार्बजनिक गर्दै यो अपरिहार्य भएको बताएका छन् ।

बुधबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले नागरिकलाई सरकारी सेवा लिन भइरहेको हैरानीको विषयलाई समाधान गर्न डिजिटल गभर्नेन्सलाई लागु गर्नुपर्ने बताएका छन् । उनले ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ गर्नुपर्ने बताउदै सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन शासनको शैली र तरिका परिवर्तन गर्नुपर्ने बताए ।

 

उनले सरकार नागरिकको घरमै हातमै पुगोस भनेर आफुहरुले तयारी गरेको बताएका छन् । यसका लागि उनेल डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तिनै तहका सरकारहरु एउटै दिशामा काम गर्ने, एक नागरिक एक प्रमाणपत्रको अवधारणामा काम गर्ने , साइबर सेक्युरिटीलाई राष्ट्रिय सुरक्षाको रुपमा काम गर्ने, डिजिटल सर्भिस सेन्टरको अवधारणा अगाडी बढाउने बताएका छन् ।

 

सभापति थापाले सरकारको सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध छ

प्रकाशित मिति : बुधबार, माघ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij