बुटवल, नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको नेतृत्वले मात्रै देशको भविश्य जोगाउन सक्ने बताउनुभएको छ । आसन्न फागुन २१ को निर्वाचन देश बचाँउने की सक्काउने बिच भएको दाबी गर्नुभयो । ‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ ,त्यसका लागि कांग्रेसको विकल्प नै छैन ,देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ उहाले भन्नुभयो । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेनजीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रुपन्देही क्षेत्र न २ को बुटवलमा बुद्धिजीवीसंग नेपाली कांग्रेस अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा गएको बताउनुभयो । सुधारिएको कांग्रेसले देश पनि बदल्ने भन्दै उहाँले देश र जनमैत्री प्रशासनका विषयवस्तु कांग्रेसले अगाडि सारेको बताउनुभयो । अहिले अल्गोरिदमले सामाजिक सञ्जाल क्याप्चर गरेको भन्दै सामाजिक सञ्जालका सबैकुरा तथ्यपरक नहुने भन्दै त्यसलाइ जस्ताको तस्तै पत्याउन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘अहिले चलेको हावाको कुनै भविश्य छैन,शरिरभरी दागै दाग र मुद्दा नै मुद्दा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहदैन ,बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ,यसपटक देश सम्झेर सिरियस्ली ढंगले रुखमा मत दिनुपर्छ ’ । प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टी अगाडि बढेको स्मरण गर्दै जनतालाइ कांग्रेसले गरेका प्रतिज्ञापत्र बुझाउन जरुरी रहेको बताउनुभयो ।
प्रवक्ता चालिसेले कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उहाँले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताउनुभयो ।प्रवक्ता चालिसेले कांग्रेसले क्लियर भिजनसहित सभापति गगन थापालाइ प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधारेर आवश्यक नीति बदल्दै जनतालाई सेवासुविधा सहज दिने गरि काम गर्ने बताउनुभयो ।
चालिसेले गगन थापासंग अरु कसैको तुलना हुन नसक्ने भन्दै उहाँले नयाँ भनिएकाहरुले रातीमा स्टाटस लेख्ने,जनतालाइ ठग्दै हिड्ने बाहेक कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । भर्खरै पालिकाहरुको कार्यसम्पादनमा सबैभन्दा कमजोर रिजल्ट ल्याएका काठमाडौका तत्कालिन मेयरलाइ देशको प्रधानमन्त्री बनाए देशपनि कार्यसम्पादनमा सबैभन्दा कमजोर हुने र देशनै सक्किने उहाँको दाबी छ ।
फरक प्रशंगमा उहाँले अहिले भेलुबाजे भन्ने पनि बाँचेको भए रास्वपाबाट चुनाव लड्न टिकट पाउथे, अरु योगदान चाहिएन, उनी पनि सामाजिक सञ्जालतिर लोकप्रिय नै थिए भन्दै टीप्पणी गर्नुभयो । उहाँले सो पार्टीबाट टिकट पाएकाहरुको कुनै राजनैतिक इतिहास र धरातल नभएको समेत आरोप लगाउनुभयो । कांग्रेस प्रवक्ता चालिसेले भदौ २३ को गोली र २४ गतेको आगो यी दुबै अतिबादको बिरुद्धमा रहेको स्मरण गराउदै अब देश सम्हालेर नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य प्रतिमा गौतम, रामबहादुर कार्की, नेवि संघ अध्यक्ष दुजाङ शेर्पा, रुपन्देही क्षेत्र न २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल, नेपाली कांग्रेस क्षेत्रीय सभापति प्रजापाल गिरी ,समानुपातिक उम्मेदवार रिता सेन ओली, गंगा शाही, प्रदेश कोषाध्यक्ष प्रकाश राना, कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण, युवा नेता अमृत ज्ञवाली, नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरी, डा।बुद्ध बहादुर थापा, भोजबहादुर केसी लगायतले बोल्दै बदलिएको सन्देशसहित कांग्रेस घरघरमा पुगेर जनतालाई जगाउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्