बुटवल, रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बुधवार सैनामैना नगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले सैनामैनाको वडा नं ३ र ४ का विभिन्न टोल र वस्तीमा घरदैलो गर्दै भोट मागेका हुन् ।
उम्मेदवार विश्वदीप सहित नेताकार्यकर्ताले आज बुधवार सैनामैना– ३ का पाँचकुने चोक, सुनगाभा टोल, गंगानगर टोल, दरखासी टोल र रामवस्ती टोलमा घरदैलो गरेका छन् ।
यस्तै वडा न–ं ४ का अस्लेवा डाँडा, रन्यौरा टोल, प्रगतिटोल, झारगैरा, लहरेपीपल टोल, लखनपाडा, कुस्मा, लुम्बिनी रोड लगायतका वस्तीमा पुगेर तारा चिन्हमा भोट मागेका छन् ।
उम्मेदवारसहित मतदाता भेटघाट गरेका नेकपाका कार्यकर्ताले झण्डा, माईक, व्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गरेका थिए ।
मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेले जनपक्षीय काम गर्न आफूले उम्मेदवारी दिएकाले मतदान गरेर सहयोग गर्न मतदाता समक्ष अनुरोध गरेका थिए ।
उनले कुन उम्मेदवार ऐजेण्डाबिहीन छ र कुन दलसंग जनपक्षिय ऐजेण्डा छन भन्ने चिनेर अमूल्य मत प्रयोग गनुपर्ने आवश्यकतामा जोड दिए । साथै उनले स्थानीय समस्या समाधानको लागि आफू हरदम लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार निर्वाचन आचारसंहिता भित्र रहेर सैनामैनाका ४ वटै वडामा उम्मेदवारसहित घरदैलो गरिएको छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्