काठमाडौं । मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।
यसैबिच आइतबार नै परराष्ट्र मन्त्रालयले एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी मध्यपूर्वको वर्तमान अवस्था, त्यहाँ रहेका नेपालीहरूको तथ्याङ्क र सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारीबारे विस्तृत जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख (सहसचिव) रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्