काठमाण्डौ – अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको सिफारिसमा सरकारले भरे राति १२ बजेदेखी सीमानाका बन्द गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा निर्देशिकामा मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । मतदान सकिएपछि मात्रै नाका खुल्ला हुनेछन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्