मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : परराष्ट्र मन्त्रालय

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : परराष्ट्र मन्त्रालय

काठमाण्डौ – सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमका कारण विभिन्न विमानस्थल र देशहरूमा फसिरहेका नेपालीको उद्धार र सहजीकरणको लागि र्‍यापिड एक्सन टिम गठन गर्ने तयारी गरेको छ । आज परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वका देशसहित विभिन्न विमानस्थलमा समस्यामा परेका नेपालीहरुको उद्धारको लागि र्‍यापिड एक्सन टिम गठन गर्न लागेको जानकारी गराउनुभएको हो ।

मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाबाट अहिलेसम्म कोही पनि नपाली घाइते वा मृत्यु नभएको भन्दै मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताएको छ । सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वमा रहेका नेपालीहरुलाई नआत्तिन आग्रह गर्दै सम्बन्धित देशले दिएको सूचना पालना गर्न अनुरोध गर्नुभयो ।

मन्त्रालयले मध्यपूवृमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरू गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताउनुभयो ।

सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पनि सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताउनुभयो । मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

सहसचिव खड्काका अनुसार मध्यपूर्वका विभिन्न देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका छन् । जसमा इरानमा १० जना नेपाली रहेका छन् । ती ४ जना नेपाल फर्किसकेका छन् भने ६ जना इरानमै छन् । यस्तै इजरायलमा झन्डै ६ हजार ५ सय नेपाली नागरिक रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले चार प्रकारले नेपाली नागरिक समस्यामा परेको देखिएको छ । जसमा भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर विमानस्थलबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् । यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij