आज चन्द्र ग्रहण लाग्ने

आज चन्द्र ग्रहण लाग्ने

काठमाडौं : आज चन्द्रग्रहण लाग्ने भएको छ।

आज ग्रस्तोदित खण्डग्रास अर्थात उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा चन्द्रमालाई स्पर्श गर्नेछ।

चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ।

बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ। नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ। मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन। यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो। चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij