टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौँ, भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर (करिब तीन करोड ७७ लाख ५७ हजार रुपियाँ) पुरस्कार पाएको छ ।

आइसिसीले बुधबार विश्वकपमा सहभागि खेलाडीलाई प्रदान गर्ने पुरस्कार स्वरुप नेपाललाई उक्त रकम प्रदानको घोषणा गरेको हो । नेपालसँगै इटाली, युएई र नेदरल्यान्डले पनि समान रकम पाएका छन् ।

आइसिसीकाअनुसार कूल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विश्वकप विजेता भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

यस्तै उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६०२ र तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ अमेरिकी डलर प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेको इङ्गल्यान्डले नौ लाख ७४ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

यस्तै सुपर आठमा पुगेको वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २६९, पाकिस्तानले पाँच लाख २२ हजार ६९२, जिम्बावेले चार लाख ९१ हजार ५३८ र श्रीलङ्काले चार लाख ७५ हजार ९६२ अमेरिकी डलर पाएको छ ।

समूह चरणबाट बाहिरिएको अफगानिस्तान, अष्ट्रेलिया र अमेरिकाले समान तीन लाख नौ हजार ८०८ अमेरिकी डलर पाएको छ । यस्तै स्कटल्यान्डले दुई लाख ७८ हजार ६५४ र आयरल्यान्डले दुई लाख ७१ हजार ७३१ अमेरिकी डलर पाएको छ ।

क्यानडा, नामिबिया र ओमानले भने समान दुई लाख २५ हजार अमेरिकी डलर पाएको छ । २० टोली सहभागि विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij