चैत १ देखि बुटवलमा ‘बुटवल महामेला’

चैत १ देखि बुटवलमा ‘बुटवल महामेला’

बुज खलिफा अवलोकनको अवसर

बुटवल – बुटवलमा चैत १ गतेदेखि २५ गतेसम्म ‘बुटवल महामेला’ आयोजना हुने भएको छ।
फर्वाड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा   बुटवलको देवीनगर रंगशालामा सञ्चालन हुने उक्त मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, जलपरी कपल डान्स, ब्रुज खलिफा लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने आयोजक कम्पनीका अध्यक्ष गोविन्द भुसालले जानकारी दिए।
आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारी पूरा भएको जानकारी दिएको हो। मेलामा टिकटक प्रतियोगिता, डान्स प्रतियोगिता लगायत विभिन्न गतिविधि पनि सञ्चालन गरिने बताइएको छ।
मेलामा करिब ५ लाख दर्शक सहभागी हुने तथा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ।मेलामा प्रवेश टिकट विद्यार्थीलाई रु ५०, अन्य लाई एक सय र जेष्ठ नागरिक , अपाङ्गता भएका ब्यक्तिलाई भने निशुल्क प्रवेश को ब्यबस्था गरिएको छ ।पत्रकार सम्मेलन कार्यक्रमको संचालन सुबाश बिसि ले गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij