तिलोत्तमा, सुनौलो युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सुनौलो युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको क्लबले आज सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको हो। तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेल को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । क्लबका अध्यक्ष दुर्गा सिंजालीको अध्यक्षता तथा सचिव रन्जित घलेको संचालनमा भएको थियो। रक्तसंचार सेवा केन्द्र बुटवलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्