काठमाण्डौ – चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन । सभापति थापाको राजीनामासँगै चुनावको समीक्षाबारे भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।
थापा गएको पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनबाट सभापति चयन हुनुभएको थियो । चुनावमा सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा पराजित हुनुभएको थियो । पार्टी र आफैंले समेत चुनावमा पराजय भोगेपछि सभापति थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गर्नुभएको थियो ।
भोलि बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । चुनावपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनात्मक कमीकमजोरी लगायतका विषयमा समीक्षा गर्ने कांग्रेसको तयारी छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्