रविसहितको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

रविसहितको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गएको माघ २ को निर्णय पनि पेश गर्न आदेश दिएको हो । गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो ।

तर लगत्तै माघ २ गते लामिछानेसहित अरू सबै आरोपीको हकमा आरोपपत्र संशोधन हुने निर्णय गर्नुभएको थियो । यद्यपि सर्वोच्चमा पुस ३० गतेकाे मात्रै निर्णय पेश भएको भेटिएकाे छ ।

सुवेदी र पाेखरेलकाे इजलासले अर्को सुनुवाइको पेसी चैत ९ गते हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्न भनेको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij