टिप्परको ठक्कर बाट गुल्मीमा एक जना को ज्यान गयो

टिप्परको ठक्कर बाट गुल्मीमा एक जना को ज्यान गयो

गुल्मी, गुल्मीमा टिपरको ठक्करबाट घाइते ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी खण्डको रेसुंगा नगरपालिका–१३ मा तम्घासबाट चारपालातर्फ जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्ट्रक्सनको टिपरको ठक्करबाट पैदलयात्री रेसुंगा नगरपालिका–१३ की ९२ वर्षीया धनी बुढाथोकी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

चालक र टिपर प्रहरीको नियन्त्रणमा छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

((((((((((((((((((((

प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij