काठमाण्डाै – गएकाे फागुन २१ गते भएकाे प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारमा रहेकाे निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभएकाे हाे । शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर पुगेका थिए ।
हिजाे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्