काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।
आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्