कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- सरकारको स्पिरिट समात्नू, ढिलासुस्ती चल्दैन

कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- सरकारको स्पिरिट समात्नू, ढिलासुस्ती चल्दैन

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाहले कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार शपथलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूलाई आफ्नो सरकारको स्पिरिट क्याच (समात्न) गर्न निर्देश गरे ।

कुनै पनि नियम कानुन संशोधन गर्न पर्दा आफू नेतृत्वको सरकार बलियो भएको स्मरण गराउँदै बाहनाबाजी गरेर काम नरोक्न स्पष्ट निर्देश गरेको एक सचिवले बताए ।

‘जसरी हामीले सरकार गठन गरेका छौं । हामी जसरी अघि बढ्न खोजेका छौं, त्यो अनुसारको स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सचिवले भने, ‘नियम कानुन परिवर्तन गर्नुपर्ने लगायतका कुराहरूमा कुनै बाहना नगरेर नियम कानुन जे गर्नुपर्ने हो हामी त्यो ल्याउन सक्छौं । कुनै पनि बाहना नगरेर काम गर्नुहोला ।’उनले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न पनि कर्मचारीहरूलाई स्पष्ट रुपमा भनेका छन्  । ‘कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,’ बालेनले भनेका छन् ।

सरकारी कर्मचारी र नवनियुक्त मन्त्रीसहितको उक्त ब्रिफिङ धेरै लामो समय भने चलेको थिएन ।

‘करिब पाँच मिनेटमात्रै निर्देशन दिनेगरी उहाँले सम्बोधन गर्नुभयो, हामीले सुन्यौं मात्रै,’ ती सचिव भन्छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij