काठमाडौँ — सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा छानबिन समिति गठन गर्ने उल्लेख छ ।
उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।
यसअघि भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन अधुरो भएको भन्दै आवाज उठेपछि नवगठित वालेन्द्र शाह नेतृत्वको सरकारले अर्को समिति बनाउने भएको हो । कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले निर्णय गरर्को थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्