काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।
सचिवालयले आउँदो जेठ १० गतेभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको हो । प्रतिनिधिसभा सदस्यहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्ने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
सचिवालयले प्रतिनिधिसभा सदस्यहरूले बुझाएको सम्पत्ति विवरण पूर्णरूपमा गोप्य रहने बताएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्