चुनावको समीक्षा गर्न कांग्रेसका शीर्ष नेता दाङमा

चुनावको समीक्षा गर्न कांग्रेसका शीर्ष नेता दाङमा

रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा सुरू भएको छ ।

पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल,सहमहामन्त्री योगेन्द्र चौधरी डिला संग्रौलासहितका नेताहरू दाङ पुगेका छन् ।

कार्यक्रममा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति सबै, १२ जिल्लाका सभापति, पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलगायत छन् ।

भालुवाङको होटल पौवामा आयोजित कार्यक्रममा निर्वाचन समीक्षासँगै ‘अबको कांग्रेस’ विषयक अन्तरसंवाद गरिने प्रदेश सभापति अमरसिंह पुनले बताए

नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पार्टीभित्रकै उम्मेदारलाई अन्तरघात गरेको भन्दै कपिलवस्तु, पाल्पा, नवलपरासीलगायतका जिल्लामा दर्जनौं नेताहरूलाई कारबाही गरेको छ

उम्मेदवारहरूले कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पराजय भोग्नुका कारण आन्तरिक तथा बाह्य दुवै रहेको औंल्याएका छन् । चुनावमा अन्तरघात गर्नेहरूमाथि कारबाही गर्न कडा मागसमेत गरेका छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij