बुटवलमा रैथाने सीप, कला तथा उत्पादन प्रदर्शनी–२०८३ हुँदै

बुटवलमा रैथाने सीप, कला तथा उत्पादन प्रदर्शनी–२०८३ हुँदै

बुटवल-रूपन्देहीको बुटवल मा रैथाने सीप, कला तथा उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले “रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३” आयोजना हुने भएको छ। विश्व सम्पदा दिवस को अवसर पारेर वैशाख ५ गते उक्त प्रदर्शनी सञ्चालन गरिने आयोजकले जनाएको छ।

“हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान—स्थानीय सिप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा ५५ वटा स्टल रहनेछन्। संयोजक रेवन्तबहादुर विकका अनुसार प्रदर्शनीमा हस्तकला, रैथाने उत्पादन, मौलिक खानाका परिकार तथा सांस्कृतिक झाँकी र प्रस्तुति समावेश गरिनेछ।

प्रदर्शनी बुटवल उपमहानगरपालिका–६ अन्तर्गत ट्राफिक चोक नजिक रहेको पुरानो फिल्म हल परिसरमा आयोजना हुनेछ। कार्यक्रममा स्थानीय सिपसम्बन्धी प्रत्यक्ष प्रदर्शन समेत गरिनेछ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालखस्यौली बजार को सहकार्यमा आयोजना हुने प्रदर्शनीले लोपोन्मुख सिपको संरक्षण, स्थानीय उत्पादनको बजार विस्तार तथा रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्वकर्माले परम्परागत उत्पादनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएकाले यसको संरक्षण र बजारीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो।

यसैगरी, खस्यौली बजारका निर्देशक समुन्द्र घिमिरेले प्रदर्शनीमा सहभागी उत्पादकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने जानकारी दिँदै वैशाख ३ गतेसम्म स्टल दर्ता खुला रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा इन्द्रेणी सांस्कृतिक कला केन्द्रका प्रमुख कृष्ण कडेंल, आदिवासी जनजाति प्रतिनिधि अरूणकुमार श्रेष्ठ ,जनउत्थानका सूचना अधिकृत इन्द्र बराइली लगायतले बोल्दै यस्ता प्रदर्शनीले मौलिकता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : बुधबार, बैशाख २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij