पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

बुटवल । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

नयाँ मूल्य कायम भएपछि अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ । यसअघि यी क्षेत्रमा प्रतिलिटर २०७ रुपैयाँ रहेको थियो

यस्तै, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर २३६ रुपैयाँ तथा पहिलो वर्ग अन्तर्गतका तराईका विभिन्न क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायत) मा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हवाई इन्धन (आन्तरिकतर्फ) को नयाँ मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij