भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको ज्यान गयो

भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको ज्यान गयो

भारत, भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका कारखानामा हिजो विस्फोट भएर आगलागी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । अरु ६ जना घाईते भएका बीबीसी हिन्दीले जनाएको छ

स्थानीय प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनामा आफन्त गुमाएका पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र ज्यान गएको घटना ‘दुःखद्’ भएको बताउनु भएको छ । घाईतेहरुलाई अस्पताल लगिएको र घटनाको जाँच शुरु भएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij